पोखरा । कोरोना महामारीको बेला स्याङ्जा कारागारमा कैदीबन्दीलाई संक्रमणबाट बचाउन मुस्किल छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको कारागारमा यदि कसैमा कोभिड–१९ देखिए संक्रमण फैलिन सक्ने भन्दै आवश्यक सचेतना अपनाइएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए ।
कोरोनाको पहिलो लहरमा सुरक्षार्थ खटिएका नेपाली सेनाका ३ जवानमा संक्रमण देखिएको थियो । सो बेला आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदा जोगिए पनि दोस्रो लहरमा भने कठिन बनेको भण्डारीको गुनासो छ । त्यसका लागि आफूहरुले कैदीबन्दीलाई भेट्न आउनेहरुलाई आवतजावतमा रोक लगाएको, खाद्यान तथा जिन्सी आपूर्तिमा पनि ख्याल गरिएको बताए ।
सदरमुकाम पुतलीबजारको पुतलीखेतस्थित कारागारका २ जीर्ण भवनमा हाल डेढ सय जति कैदीबन्दी छन् । तीमध्ये ३५ जना क्षमतामा १ सय ४८ पुरुष र १० जना क्षमतामा १५ महिला कैदीबन्दी जसोतसो राखिएको छ ।
२०३७ सालमा स्थापित कारागारमा पुरानो भौतिक संरचना छ । खानेपानी, शौचालय, भौतिक संरचना, कोठा अभाव छ ।
पुनर्निर्माणमा बजेट निकासाका लागि संघीय तथा प्रदेश सरकारलाई अनुरोध गरिए पनि बजेट नपरेको कारागार प्रमुख भण्डारी बताउँछन् । कोरोना पस्यो भने के कसो गर्ने भन्नेबारे कुनै योजना नरहेको उनी बताउँछन् । सम्भावित संक्रमित कैदीबन्दीलाई आइसोलेसनमा राख्न कुनै व्यवस्था नभैसकेको उनले बताए ।
आवश्यक सुरक्षार्थ गत वर्ष पतंजलि लगायत संघसंस्था साबुनपानी व्यवस्था मिलाएका थिए । हालैमात्र स्याङ्जा हरिनास–२ का प्रकाश पौडेलले कानुनी ज्ञान जान्न सघाउ पुगोस् भन्ने हेतुले देवानी तथा फौजदारी संहिताको पुस्तक सहयोग गरेका छन् । उनले २ वर्षदेखि नियमितरुपमा राष्ट्रिय तथा स्थानीयस्तरका पत्रपत्रिकाहरु निःशुल्क उपलब्ध गराउँदै आएका छन् । पृथ्वीनारायण क्याम्पसमा एमबीएस अध्ययनरत पौडेलले विद्यार्थी भइकन पनि गरेको सहयोग अनुकरणीय रहेको कारागार प्रमुख भण्डारीले बताए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१