काम चलाउ सरकारको मन्त्रिपरिषद् बैठक सुरु

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
cm @ cabinet

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री

पोखरा । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको विस्वासको प्रस्ताव अस्वीकृत भएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको छ। अहिले बेलुकी साढे ६ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

५ बजेका लागि बैठक बोलाइएको भए पनि प्रतिनिधिसभाको बैठक सकिन समय लागेकाले ढिला भएको हो।

संसद्मा विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। मन्त्रिपरिषद् बैठकको एजेण्डा भने सार्वजनिक भएको छैन।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँग सरकार कामचलाउ रुपमा परिणत भइसकेको छ। अर्को सरकार नबन्दासम्म यी सरकारले कामचलाउ रुपमा काम गर्नेछ।

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width