चीनबाट २० हजार खाली सिलिन्डर आउँदै

रासस
वैशाख २१, २०७८
Oxygen cylender

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।

उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उहाँले भन्नुभयो, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पुर्‍याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु (अक्सिजन) को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

    रासस माघ २५, २०८१
    गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती…
  • ज्येष्ठ नागरिक समाजबाट सम्मान

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा ।पोखरा । ज्येष्ठ नागरिक सरोकार समाज, नेपालले ज्येष्ठ नागरिक क्षेत्रमा कलम चलाउने पत्रकार, सासूससुराको राम्रो सेवा गर्ने ‘असल बुहारी’,…
  • प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस अवसरमा कास्की शाखाले मंगलबार प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्रप्रसाद पौडेललाई पुरस्कृत…
  • सल्युट गोर्खाको रक्तदान

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    पोखरा । सल्युट गोर्खा ट्रेनिङ सेन्टर, चाउथेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको १६…
  • लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का

    आदर्श समाज सम्वाददाता माघ २२, २०८१
    लमजुङ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले नवौं स्थापना दिवस अवसरमा आयोजना गरेको पात बजाउने प्रतियोगितामा महिलाले तहल्का मच्चाएका छन्…

hero news full width