पोखरा । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि सरकारले ‘चेन ब्रेक’ गर्ने भन्दै विभिन्न निषेध आदेश जारी गरेको छ।
निषेध आदेश जारी गरिएका ठाउँमा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाइएको छ। यस्तै, अत्यावश्यक बाहेकका सवारीका साधनहरु समेत सञ्चालन गर्न पाइने छैन।
तराईं/मधेश तथा उपत्यकाका जिल्लाहरुमा ५ सय र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने गरी मन्त्रिपरिषद्ले नै निणर्य गरिसकेको छ।
मन्त्रिपरिषदको उक्त निणर्यपछि काठमाडौं उपत्यकाका ३ जिल्लासहित उपत्यका बाहिरका केही जिल्लामा वैशाख १६ गते देखि नै निषेधाज्ञा लागु भइसकेको छ।
केही जिल्लामा भने शुक्रबार र शनिबार तथा केही जिल्लामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
गृह मन्त्रालयका अनुसार शनिबार बिहानसम्म २५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। ५ वटाबाहेक अन्य सबै जिल्लामा जिल्लाभर नै निषेधाज्ञा लागु हुने छ।
बाँकी ५ जिल्ला मोरङ, दार्चुला, बर्दिया, कालीकोट र बाग्लुङमा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागु हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा र गुल्मी जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको कास्की जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ।
सल्यान, डडेल्धुरा, रुकुम पश्चिम र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।
निषेधाज्ञा लागु भएका जिल्ला
Related News
सम्बन्धित समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
hero news full width
मुख्य समाचार
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१