पोखरा । फेवा बहुद्देश्यीय बचत तथा ऋण सहकारीद्वारा आयोजित रक्तदानको पहिलो दिन २८ जनाले रक्तदान गरे । मुल आयोजक समिति कास्कीको आयोजनामा ३ दिने कार्यक्रमअन्तर्ग पहिलो दिनमा प्रथम भएको छ । फेवा सहकारीले ६१ औं र ६२ औं राष्ट्रिय सहकारी दिवसमा समेत प्रथम भएको थियो ।
रक्तदानमा फेवा सहकारीका सदस्यहरू सहभागी भई जिल्ला सहकारी संघमा राखिएको रक्तदान कार्यक्रममा फेवा सहकारीका अध्यक्ष चन्द्रप्रसाद गुरुङ, उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठ, प्रबन्ध निर्देशक हरिभक्त पौडेल लगायतका सदस्यहरूले पहिलोपटकदेखि चालीसौं पटकसम्म रक्तदान गरेका थिए । फेवा सहकारीलाई सम्मानपत्र र मायाको चिनोद्वारा सम्मानित भएकोमा संस्थाका अध्यक्ष गुरुङले संस्थाका सहयोगी सबैलाई धन्यवाद दिए ।
दिवसको दोस्रा संस्थाको कार्यालय सिर्जनाचोकबाट फेवा टावर सहकारी भवनसम्म सरसफाइ गरिएको छ । सोअवसरमा जिल्ला सहकारी संघ कास्की महासचिव दीपक बास्तोला, सरसफाइका सभाध्यक्ष सम्मरबहादुर श्रेष्ठ, सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेल, कोषाध्यक्ष शेरकाजी गुरुङ, सदस्य पूर्णभद्र अधिकारीलगायतको सहभागिता थियो ।
सरसफाइका क्रममा करिब १ हजार केजी फोहर संकलन गरिएको सहकारी उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।
सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाको व्यवस्थापनमा भएको कार्यक्रममा कोषाध्यक्ष शेरकाजी गुरुङले स्वागत गरे । संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
हिमालयन र एलपी देवकोटा फाइनलमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१