पोखरा । सहारा क्लब पोखराको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिता सुरुआत भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपिएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई हराउँदै विजयी सुरुवात गरेको छ ।
गोलरहित बराबरी खेलेको घरेलु टिम दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा विभागीय टिमलाई जित सुम्पिन पुगेको हो । खेलको ८७ औं मिनेटमा आशीष लामाले सुन्दर गोल गर्दै यसपालि टिमलाई सेमिफाइनलमा पु¥याउन सफल भए । गत वर्ष एपिएफ दोस्रो क्वाटरफाइनलमा झापा–११ सँग टाइब्रेकरको शिकार बन्दै पहिलो चरणबाटै बाहिरिएको थियो ।
लामो समयको गोलको खडेरी तोड्न लामाको करिब २० यार्ड टाढाबाट हानेको प्रहार विपक्षी कीपर दीप कार्कीले ठम्याउनै सकेनन् । प्रदीप लामाले हानेको कर्नर बलमा म्यान अफ दी म्याच आशीषले गोल गर्न सकेका हुन् ।
आइतबारको खेल मच्छिन्द्र क्लब र क्यामरुनको अफ्रिकन रुट एसोसिएसनबीच हुने
जितपछि एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले अपेक्षा अनुसार गोल नआएपछि दोस्रो हाफपछि खेल परिवर्तन गर्नुपरेको बताए । पहिलो रोजाइको स्ट्राइकरबाट गोल नआएपछि स्ट्राइकर नै परिवर्तन गर्नुपरेको बताए ।
पोस्ट म्याच कन्फरेन्समा सहाराका प्रशिक्षक विष्णु गुरुङले आफूहरु एग्रेसिभ हुन नसकेको र चार्ज गर्न नसकेको बताए ।
जितसँगै एपिएफले पहिलो सेमिफाइनलमा संकटा र मनाङ मस्र्याङ्दीबीचको विजयीसँग चैत २५ मा प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल मच्छिन्द्र क्लब र क्यामरुनको अफ्रिकन रुट एसोसिएसनबीच हुने आयोजकले जनाएको छ ।
आगामी चैत २८ सम्म चल्ने प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । जसमा नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, क्यामरुन र आयोजक सहारा क्लब पोखरा रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । १८ औं संस्करणको विजेता मनाङ र उपविजेता नेपाल पुलिस क्लब हुन् ।
यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ सम्मानबाट राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरियो । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितका माध्यमबाट देशको नाम चिनाउन सफल भएकामा उनलाई ३५ हजारसहित सम्मान गरिएको हो ।
विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कार जनही २५ हजार अर्पण गरिने जनाइएको छ । खेलबाट आम्दानी १ करोड २९ लाख र खर्च १ करोड १ लाख लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो ।
खेल उद्घाटन गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखराबाट खेल क्षेत्र अगाडि बढाउन सकिने प्रशस्त सम्भावना रहेको बताए ।
त्यस्तै, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लब अध्यक्ष केशवबहादुर थापा, उपाध्यक्ष हरेराम गुरुङ ‘सुरज’, महासचिव रामजीप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
एमाले नेता अर्जुन अधिकारीलाई मातृशोक
लेकसिटीमा विश्वकल्याण
कलाकार माओत्से गुरुङ सम्मानित
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१