उद्योग व्यवसायी भन्छन् : एकसाथ भिसिटिएस लागु गर्न सकिंदैन

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
Lekhnath bhimpani

लेखनाथ । पोखरा र लेखनाथ नगर क्षेत्रभित्रका उद्योग व्यवसायीले सरकारले अघि सारेको भिसिटिएस एकसाथ लागु गर्न अहिलेको अवस्थामा नसकिने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघले राखेको भिसिटिएस तथा बिल बिजकसम्बन्धी छलफल कार्यक्रममा सहभागी व्यवसायीले सरकारले अघि सारेको भिसिटिएस प्रणाली राम्रो र प्रभावकारी भए पनि यसलाई तुरुन्तै व्यवहारमा उतार्न असहज हुने तर्क गरे ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले अहिलेको अवस्थामा आन्तरिक ढुवानीमा एकसाथ भिसिटिएस लागु गर्न सक्ने अवस्था नरहेको बताउँदै यस विषयमा सरकारलाई सुझावसमेत दिइसकेको बताए ।

कोरोना महामारीका कारण व्यवसायी समस्यामा रहेको बताउँदै त्यसैमाथि अस्वस्थ प्रतिस्पर्धा एवं सरकारी नीति नियमले झनै अप्ठ्यारो परेको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भिसिटिएस लागु गर्न विभिन्न समस्याहरु रहेको उल्लेख गर्दै अब व्यवसायीले उचित विकल्प दिएर अघि बढ्नुपर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले व्यवसायीलाई बिना बिल बिजक सामान खरीद बिक्री नगर्न आग्रह गर्दै नैतिकता र इमानदारिता पूरा गर्नुपर्ने धारणा राखे । ढकालले विधि र प्रक्रिया बमोजिम व्यवसाय गरेको खण्डमा मात्र व्यावसायिक हित हुने बताएका थिए ।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले दोहोरो आर्थिक पाटोमा निजी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघ राजस्व परामर्श उपसमितिका संयोजक रमानाथ पौडेलले भिसिटिएस सिस्टमको विषयमा जानकारी दिंदै चुस्त दुरुस्त लेखा प्रणाली राख्न व्यवसायीलाई सुझाव दिए ।

संघका पूर्व वरिष्ठ उपाध्यक्ष गोविन्द कर्माचार्यले सरकारलाई व्यवसायीहरुले सहयोग गरिरहेको बताउँदै बिना बिलको सामान खरिद बिक्री गरेको भएमा सरकारले नै निगरानी राख्नुपर्ने बताएका थिए ।

डिलर तथा थोक बिक्रेताका तर्फबाट निर्मल पौडेलले व्यवसायीले भोग्नुपरेका समस्या र गुनासा सुनाए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

अधिकृत बिक्रेता संघ लेखनाथ गठन
अधिकृत बिक्रेता संघ लेखनाथ इकाइको अध्यक्षमा राधाकृष्ण अधिकारी चयन भएका छन् । लेखनाथमा भएको अधिकृत बिक्रेताको भेलाले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
इकाइको उपाध्यक्षमा सूर्यराज घिमिरे, सचिवमा निर्मल पौडेल, कोषाध्यक्ष शोभामोहन सुवेदी, सदस्यहरु भीमप्रसाद पौडेल, माधव तिवारी, पदम रानाभाट, देवेन्द्र राना र सन्तोष बराल चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width