पोखरा । पोखरामा सम्पन्न राजन प्रिजेन्टस् ‘प्रथम खुल्ला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली टिम डुंगाले जितेको छ ।
पोखरा–४ गणेशटोलस्थित स्पोर्टस क्यासलमा बिहीबार भएको फाइनल खेलमा ढुकु फुटसल हब काठमाडौंलाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै टिम डुंगाले उपाधि रक्षा गरेको हो ।
गोलरहित निर्धारित समय सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । डुंगाका गोलरक्षक अनिश श्रेष्ठले ट्राइबेकरमा १ गोल बचाउदै टिमलाई च्याम्पियन बनाए । सो खेलबाट श्रेष्ठ म्यान अफ द म्याच घोषित हुदै ५ हजार र ट्रफी प्राप्त गरे ।
उपाधि जितेको टिम डुंगाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ३ लाख रुपैयाँ प्राप्त ग¥यो । भने उपविजेता बनेको पाहुना टोली ढुकु फुटसल हब काठमाडौले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार हात पा¥यो ।
उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको रुपमा डुंगाका अनिश श्रेष्ठ घोषित हुदै ट्रफी र नगद ३५ हजार प्राप्त गरे । यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की बिन्सका अविनाश तामाङ ट्रफी र नगद रु १० हजार सहित पुरस्कृत बने । भने अनुशासित टिमको रुपमा स्पोर्टस् क्यासलले सिल्ड प्राप्त ग¥यो ।
सोही कार्यक्रमका बिच नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु काजी शाक्यलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, गोकर्ण श्रेष्ठ, डुंगा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङ, पूर्व राष्ट्रिय खेलाडी राजु काजी शाक्य, राजन गुरुङ, ङोय तमुधिका निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि बोल्दै प्रमुख अतिथि सिलवालले स्वस्थ्य रहन खेलकुमको भुमिका महत्वपूण रहने बताए । उनले पोखरामा फुटबलको विकास भैरहेको बताउदै पुरुष सहित महिला फुटसल÷ फुटबल प्रतियोगिता आयोजना गर्न समेत सुझाए । सदस्य सचिव सिलवालले कुनै व्यक्ति तथा निजी संस्थाले नेपालै सर्वाधिक ठुलो उपाधि राशिको प्रतियोगिता आयोजना गरिनु उदाहरणीय कार्य रहेको उल्लेख गर्दै अरुले पनि अनुकरण गर्नुपर्ने धारणा राखेका थिए ।
गत १० गते मंगलबार देखि ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित सञ्चालनमा रहेको उक्त प्रतियोगितामा देशभरका कुल २७ टिमको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१