बैतडी । बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ । दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए ।
उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागरथीसँग दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो । दिनेशले पुर्पक्षका लागि सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।
पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो । जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् ।रासस
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१