पाेखरा । गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेज बहादुर गुरुङ नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए । गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङलाई गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियुक्त गरेको बताए ।
कास्की पोखरा महानगर पालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका गुरुङ प्रारम्भिक चरणमा पृथ्वीनारायण क्याम्पसबाट बास्केटबल खेलबाट खेल जीवनको सुरुआत गरेको हुन् । २०३९ सालमा ह्यान्डबल खेललाई मुख्य खेलको रुपमा अंगिकार गर्दै अघि बढेका थिए । ह्यान्डबल खेलमा लामो समय योगदान दिएका गुरुङ हाल नेपाल ह्यान्डबल संघको अध्यक्ष छन् भने नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत हुन् ।
२०४० को सालको दोस्रो वृहत राष्ट्रिय खेलकुदमा गण्डकीलाई ह्यान्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजनीति शास्त्रमा स्नातक हुन् । उनी भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिस्ट हुने पहिलो नेपाली हुन् भने सन १९८५ देखि १९८८ सम्म नेपाल ह्यान्डबल टिमको कप्तानी समेत गरेका थिए ।
खेलाडी हुँदै टिमको प्रशिक्षक समेत रहेका उनले २६ भन्दा बढी देश भ्रमण गरिसकेका गुरुङ उनकै प्रशिक्षणमा हङकङमा नेपालले ह्यान्डबलमा पदक समेत जितेको थियो । उनले सन १९८५ मा जोर्डनको अम्मानमा सम्पन्न एसियन च्याम्पियनशिपमा नेपालको टिमको कप्तानी गर्दै मैदानमा उत्रिएका थिए । हाल उनी भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष छन् ।
गुरुङले आफू प्रदेश खेलकुदको विकासका लागि कार्ययोजना सहित अघि वढ्ने बताए । उनले भने, ‘मन्त्रालयमा मैले कार्ययोजना पेस गरेको छु, खेलकुद मार्फत प्रदेशको समृद्धिका लागि सवै सँग हातेमालो गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउँदछु ।’
सदस्य सचिव छनोटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नर देवी पुनको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समिति सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेलविज्ञ दिलबहादुर गुरुङ थिए ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१