पोखरा । पोखरा ११ फूलबारीस्थ्ति सयपत्री बचत तथा ऋण सहकारी संस्थाले अन्तक्र्रिया तथा प्रशिक्षण गरेको छ । पर्यटकीय क्षेत्र घोरेपानीमा २ दिनसम्म चलेको प्रशिक्षणमा गण्डकी प्रदेश सहकारी कार्यालयका अधिकृत सागर खनालले प्रशिक्षण दिएका थिए । अधिकृत खनालले सहकारीले आफ्नो सिद्धान्तअनुरुप सदस्यलाई क्रियाशील बनाउनुपर्ने आवश्यकता औंल्याए ।
संस्थाका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा सल्लाहकारहरु माधवप्रसाद बास्तोला, निर्मलप्रसाद कर्माचार्य, विश्वमोहन अधिकारी, रोहितराज बाँस्तोला र पदम जिसीले पनि आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष धर्मप्रसाद बाँस्तोलाले आर्थिक विवरण, प्रबन्धक विकास सुवेदीले प्रगति विवरण र सहसचिव वसन्त कोइरालाले प्रशिक्षण तथा सहकारी भ्रमण कार्यक्रमबारे स्पष्ट पारे । कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए भने उपाध्यक्ष भीमप्रसाद न्यौपानेले धन्यवाद ज्ञापन गरे ।
२०६६ सालमा स्थापना भएको सहकारीले सदस्यहरुबाट बचत संकलन गरी उत्पादन, कृषि, व्यापार, घरजग्गा एवं हायरपर्चेज क्षेत्रमा लगानी गर्दै आएको छ । कूल १२ करोड २८ लाख सेयर पुँजी रहेको सहकारीले १ अर्ब ३७ करोड निक्षेप संकलन र १ अर्ब २४ करोड ऋण प्रवाह गरको छ । संस्थाको कुल दायित्व १ अर्ब ६९ करोड पुगेको संस्थाका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१