नारी दिवसमा कांग्रेस नेतृ सरस्वती गुरुङद्वारा पुस्तक सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
PN Photo

पोखरा । १ सय ११ औं नारी दिवसका अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका लागि नेपाली कांग्रेसकी नेतृ सरस्वती गुरुङले पुस्तक सहयोग गरेकी छन् ।

नेपाली विभागले विभागीय पुस्तकालय सञ्चालनका लागि नेपाली कांग्रेस, नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङले पुस्तक सहयोग गरेकी हुन् । नारी दिवसको दिन गुरुङसंगै समाजसेवी तथा नेतृहरु गीता पंगेनी पौडेल, गुड्डु केसीले विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेलाई पुस्तक हस्तान्तरण गरेकी हुन् । सोही अवसरमा समाजसेवी रमा प्राशरले पनि पुस्तक सहयोग गरेकी थिइन् ।

विभागले त्यस सम्बन्धमा गृहकार्यसमेत गरी करिब १ हजारभन्दा बढी पुस्तक पनि संकलन गरिसकेको छ । यो अभियान सञ्चालन भएदेखि धेरैले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले जानकारी दिए । नेपालका विभिन्न स्थान, अमेरिका र बेलायतबाट समेत श्रष्टाले पुस्तक पठाएको उनले बताए ।

आफूले सञ्चालन गरेको अभियानमा साथ दिएको उनले धन्यवाद पनि दिए । ‘विद्याकी प्रतीक सरस्वती हुन् उनी पनि नारी नै थिइन्,’ उनले भने, ‘नारी दिवसको दिन सरस्वती गुरुङले सहयोग गर्नु संयोग नै हो, उहाँले गरेको सहयोग हामीले सधैं सम्झिरहने छौं ।’

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्तक्र्रिया हुँदै जाने उनको भनाइ छ । यही साउन ८ गते यता आफू विभागीय प्रमुखको जिम्मेवारीमा आएपछि मासिक रुपमा गोष्ठी सञ्चालन गर्नुका साथै पुस्तकालय स्थापनाको अभियान थालेको न्यौपानेले बताए ।

विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक संख्यासमेतको विवरण राखी व्यवस्थित गर्ने प्रयाससमेत थालेको छ । जसमा अन्य विभागीय सदस्यको समेत साथ दिइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…

hero news full width