पोखरा । अन्तरक्लब टी–२० क्रिकेट लिगमा जनकपुर र प्यालिकेन्ट्स क्रिकेट क्लब तनहुँ विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा तनुहँले मिक्समाण्डु क्रिकेट क्लबमाथि १ विकेटले जित हासिल ग¥यो । पहिला व्याटिङ गरेको मिक्समाण्डुले पूरै २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । तनहुँले १९.४ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो ।
मिक्समाण्डुका लागि रिजन थापा २३, रुपेश श्रीवास्तव १९ रन बनाएका थिए । तनहुँको जितमा विन्ध्येश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दीपक डुम्रेले ४७ रन बनाए । सनम बुढाथोकीले पनि २३ रन जोडे । मिक्समाण्डुका बलर रिजन ढकाले ४ तथा उज्वल श्रीवास्तव र उज्वल थापाले २÷२ विकेट लिए । तनहुँका चन्द्रकान्त पौडेलले ३ र विज्ञान गौतमले २ विकेट लिए ।
शुक्रबारको दोसो खेलमा जनकपुर क्रिकेट क्लबले बागलुङ क्रिकेट क्लबलाई १९ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको जनकपुरले पूरा २० ओभर खेल्दै ८ विकेट क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो । जनकपुरका विशाल सुस्लिङले ३८ तथा सुव्दिन चौधरीले २० रन जोडे ।
बागलुङको ब्याटिङ राम्रो हुन सकेन । उसले ९ विकेट क्षतिमा मात्र ९८ रन बनाउन सक्यो । बागलुङका अभिषेक थापाले ३३ तथा लक्की सापकोटाले १४ रन बनाए ।
म्यान अफ द म्याच जनकपुरका शोभाकान्त पाण्डेले ४ विकेट लिए भने राहुल प्रसाप सिंहले २ विकेट लिए ।
केएन स्पोर्टस् प्रालिको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनी हो ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१