टी–२० क्रिकेटमा चितवन विजयी

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७७
cricket

पोखरा । केएन स्पोर्टस् प्रालिको आयोजनामा सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट लिग सुरु भएको छ ।

सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लब विजयी भयो । चितवनले स्याङ्जा क्रिकेट क्लबमाथि ६६ रनको फराकिलो जित निकालेको हो ।

पहिला व्याटिङ गरेको चितवनले १५४ रनको योगफल तयार पारेको थियो । राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेल्दा रोविन शर्माले ३१ रन जोड्दै साथ दिए । स्याङ्जाका बलर विष्णु पाण्डेले ४ तथा अशोक श्रेष्ठ, सुरज गुरुङ र दीपेश क्षतिले समान १–१ विकेट लिए ।

जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको स्याङ्जा १५.२ ओभरमा ८८ रनमै अलआउट भयो । उसको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मीले समान २४ रनको योगफल तयार पारेका थिए ।

चितवनको बलिङतर्फ दीपेश श्रेष्ठ र कीर्तन गुरुङले ३÷३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २÷२ विकेट लिए । चितवनका राजेश ढकाल म्यान अफ द म्याच घोषित भए ।

यसअघि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै खेल उद्घाटन गरेका थिए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियल दिलीप अग्रहरिलाई म्याच बल प्रदान गरेका थिए ।

आयोजक केएन स्पोर्टस्का सञ्चालक समेत रहेका प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोह प्रवीण ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि

    आदर्श समाज सम्वाददाता पौष ६, २०८१
    पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले…
  • आइसिसी प्रतिनिधि पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिले मंगलबार पोखरा रंगशालास्थित क्रिकेट मैदान अवलोकन गरेका छन् । आगामी सन् २०२७…
  • क्रिकेटरलाई नगद १ लाखसहित सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल…
  • महिला क्रिकेट टोली पहिलोपल्ट विश्वकपमा छनोट

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०८१
    पोखरा । नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ…
  • दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा

    आदर्श समाज सम्वाददाता कार्तिक २२, २०८१
    पोखरा । नेपालमै पहिलोपटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले बिहीबार पोखरामा र्‍याली आयोजना गरेको छ ।…

hero news full width