सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
lbbl (1)

पोखरा । लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकलाई १ वर्षको खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दीपक खनाल, प्रबन्धक सुकदेव पहारी, पोखरा रामबजार शाखाका प्रबन्धक बालकृष्ण बन, न्युरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगायतले सहारा क्लबका अध्यक्ष केशव थापालाई चेक हस्तान्तरण गरेका छन् ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले जानकारी दिए । ‘बैंकले सहारा क्लबलाई तीन वर्ष देखी सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यस फुटबल विकासमा टेवा पुग्ने छ ।’ उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्दै आएको बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन,’ उनले भने’ ‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग होस् भनेर सहयोग गर्दै आएका छौ ।’

निरन्तर सहयात्रा भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएका छ । त्यसै गरी गण्डकी प्रदेशमा १२ वटा र पोखरामा ८ वटा शाखा छन् । बैंकले विभिन्न प्रकारका निक्षैप, कर्जा, एबिबिएस सेवा, मोवाइल बैंकिङ, एटिएम, लकर लगायत सेवा प्रदान गर्दै आएको छ ।
क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चालन गर्न सहयोग पुग्ने बताए । पूर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा

गोल्डकपलाई लामो समयदेखि बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गरे । कार्यक्रममा सहारा क्लबका सचिव सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमीका बारेमा जानकारी दिएका थिए । क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालक आश्रित छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width