पोखरा । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भिड्ने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।
यसअघि एपिएफ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको बागमती १ सय ३५ रनमा अलआउट भयो ।
विजयी आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रन बनाए । उनले ९१ बलको समाना गर्दा २ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै भीम सार्की पनि मुख्य योगदानकर्ता ठहरिए । उनले ६१ बलमा १ छक्का र ५ चौकाको मद्दतमा ४० रन बनाए । तल्लोक्रमका विक्रम सोबले ३५ रनको योगदान गरे ।
त्यसअघि आर्मीको सुरुआत कमजोर रह्यो । विभागीय टोलीका ओपनरद्वय हरि चौहान र अनिल मण्डल सस्तोमा पेभेलियन फर्के । चौहानले ३ रन बनाए भने मण्डल २ रनमा सिमित भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित पौडेल त झन् शून्यमै आउट भए ।
बलिङतर्फ बागमतीका गौतम केसी बलियो लयमा देखिए । उनले ६१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै रामनरेश गिरी, नन्दन यादव, तीलक भण्डारी र विपीन आचार्यले १÷१ विकेट हात पारे ।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यबोहक कुनै पनि खेलाडीले उल्लेख्य स्कोर गर्न सकेनन् । कप्तान मल्लले ४ चौकाको मद्दतले ४७ रन बनाउँदा आचार्यले २३ रनको योगदान गरे । बागमतीलाई ओपनरद्वयले खराब सुरुआत दिलाए ।
आकाश थापा शून्यमा आउट हुँदा आदिल खान १० रनमा सिमत भए । तेस्रो र चौथौं नम्बरमा ब्याटिङ गर्न आएका विभात्सु थापा र पृथु बास्कोटाले क्रमशः ४ र १ रन मात्रै बनाउन सके ।
आर्मीका लागि सोब, जितेन्द्र मुखिया र सुशन भारीले समान ३ विकेट लिए । सोवले ५ मेडन राख्दै २४ रन खर्चेर ३ महत्वपूर्ण विकेट हात पार्दा मुखियाले त्यत्ति नै विकेट लिन २० रन खर्चिए ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१