सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री

आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
Orange Juice

स्याङ्जा । यो मौसम सुन्तलाको हो । यत्रतत्र सर्बत्र पाइने सुन्तला स्वादिलो र स्वास्थ्यवद्र्धक मानिन्छ । सुन्तला एक भए पनि यसको बहुउपयोग गर्न सकिने भएको छ ।

सुन्तलाबाट जुस र सुन्तलाका बोक्राबाट सौन्दर्य प्रशाधन सामग्री बनाउन सकिने भएपछि स्याङ्जामा यसको प्रशिक्षण दिइएको छ।

पुतलीबजार नगरपालिकामा सुन्तलाको जुससहित सुन्तलाका बोक्राबाट सौन्दर्य प्रशाधनका वस्तु बनाउने तालिम दिएपछि यहाँका १६ जना महिलाले यही कर्ममा जुटेका छन् । सूर्योदय क्लबको समन्वय, पुतलीबजार र युएनडिपीको आर्थिक सहयोगमा तालिम उपलब्ध गराइएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

सुन्तलाको जिल्ला भनेर चिनिएको स्याङ्जामा खाएर र बेचेर बचेका सुन्तलाको सदुपयोग गर्दे जुस बनाउन सके गर्मी मौसममा खान र बिक्री गर्न सकिने प्रशिक्षक विष्णु श्रेष्ठ भन्छन् । ‘सुन्तला खाएर फ्याकिएका बोक्रालाई सामन्य प्रशोधन गरेर सौन्दर्य प्रशाधन सामग्री बनाउन सकिन्छ,’ उनले भने, ‘घरमा बनाइने यस्ता सामाग्रीको साइड इफेक्ट पर्देन ।’

सुन्तलाका बोक्रा राम्ररी सुकेपछि मिक्चरमा मसिनो गरी पिँध्ने । सो धुलोमा भिनेक्स क्यारम पाउडर २० प्रतिशत मिसाएपछि सामग्री तयार भयो । सोही पाउडरलाई पेस्ट बनाएर लगाउन सकिने प्रशिक्षक श्रेष्ठको भनाइ छ । तालिमले सिकाएका सीपलाई सदुपयोग गर्ने बताउँछिन पुतलीबजार नगरपालिका ४ का राधा केसी । तालिमममा २ जना जुस बनाउने र १६ जनाले सौन्दर्य प्रशाधन सामग्री बनाउने तालिम लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग