हेमजा । सफल कृपा बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा मंगलबार सकिएको छ । समापन समारोहमा वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारी संस्थाको स्थापनासँगै उद्यममा लाग्न सहज भएको अनुभव सुनाउँदै संस्थामा सहकार्य हुनुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाहरु साँझा चौतारी जस्तैे भएको औल्याउँदै त्यसले सेयर सदस्यलाई जीविकोपार्जनमा सहयोग पुग्नेगरी व्यावसायिक तालिम दिनुपर्ने खाँचो समेत जनाए ।
गरिमा विकास बैंक हेमजा शाखा प्रबन्धक शंकरराज सापकोटाले सहकारीलाई अझै प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सहकारी र शाखाको समन्वय मजबुत बनाउनुपर्ने औंल्याउँदै सापकोटाले सहकारीले आर्थिक सुशासनको पाटोलाई सबल रुपमा अगाडि बढाइरहेको चर्चा समेत गरे । सहकारीका अध्यक्ष धनबहादुर थापाले अब संस्था छिटै नयाँ नेतृत्व जाने बताए ।
उत्कृष्ट कारोकार गर्ने सेयर सदस्यलाई उक्त अवसरमा सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा दैनिक बचत तथा ऋण तर्फ राजेन्द्र सापकोटा, पार्वती केसी, चित्रबहादुर पराजुली, गीता पराजुली, शिवप्रसाद शर्मा, पद्मा कार्की, ज्ञानबहादुर विक, भीमबहादुर थापा र सपना सेती महर छन् । त्यस्तै मासिकतर्फ भक्तबहादुर थापा, यज्ञबहादुर थापा र कार्की श्रीर्पाली सम्मानित भए ।
पुस १६ गतेदेखि सुरु साधारणसभाले संस्थालाई थप बलियो बनाउन कार्यक्षेत्र विस्तार गर्ने, ६ करोडको सेयर पुँजीलाई बृद्घि गरी १५ करोड पु¥याउने र उपयुक्त संस्थासँग एकीकरण गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै अध्यक्ष धनबहादुर थापा, सचिव भरतबहादुर थापा, कोषाध्यक्ष हरिकृष्ण थापा, लेखा समिति संयोजक गणेशबहादुर थापा, व्यवस्थापक सूर्यकुमार श्रेष्ठ, ऋण उपसमिति संयोजक खिमबहादुर थापा लगायतद्वारा प्रस्तुत विषयगत प्रतिवेदन पनि छलफल सहित अनुमोदन भए ।
१ हजार ४ सय ५ सेयर सदस्य रहेको उक्त सहकारीले १७ करोड २५ लाख ५३ हजार निक्षेप संकलन गरेको छ । हालसम्म १९ करोड ९२ लाख ३१ हजार दुई सय ३१ लगानी पनि गरेको छ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१