पोखरा । देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएकोमा खुसी व्यक्त गर्दै अझ प्रगतिको कामना गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख समेत रहेका न्यौपानेले नेपाली विभागको पुस्तक संकलन अभियानले साहित्यकार र समीक्षक जोड्नसमेत सहयोग गरेको भन्दै सहयोगको अपील गरे ।
कृति समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का विखर्चीले कविताका नयाँ नयाँ उपविधा पोखरामा भित्राउने स्रष्टा कुँवर आसुकवि भएको बताए । राष्ट्रले उनको योगदानको सम्मान गर्नुपर्ने उनको जोड छ । कृतिमार्फत समाजका विकृति, विसंगति अलावा सुसंकृतिको उजागर गरिएको उनले बताए ।
लोककवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले लगातार कृति प्रकाशित गरेकोमा स्रष्टा कुँवरलाई बधाई दिए ।
स्रष्टा कुँवरले साहित्यको साधनामा आफू निरन्तर लागिरहने प्रण गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे ।
उक्त अवसरमा साहित्यकार रमा प्रासरलाई उत्कृष्ट साहित्यकार अवार्ड र लोकगायिका कमला सुनारलाई उत्कृष्ट लोकगायिका अवार्डसहित सम्मान गरिएको थियो ।
स्रष्टा परिचय सञ्चारकर्मी अम्बिका राणा, स्वागत प्रतिष्ठान कोषाध्यक्ष संचारकर्मी तिर्सना गुरूङ र सञ्चालन देवेन्द्र एसके शाहीले गरेका थिए ।
आयोजक अलौकिक कवि देशभक्तसिंह कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमा समेटिएका केही छेस्का सञ्चारकर्मी उषा सिग्देलले वाचन गरेकी थिइन् । स्रष्टा कुँवरका पछिल्लो ३ वर्षयता १० कृति पुस्तककारका रूपमा आइसकेका छन् ।
Related News
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७