सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०८०
jun orleko raat

पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो ।

साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् ।

प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसंगतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो संग्रहमा समावेश गरिएका छन् ।

पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेल पेसाले शिक्षक हुन् ।

कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायतका साहित्यिक प्रभेदमा सिर्जनात्मक कलम चलाउने उनी समालोचनाका क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन् ।

त्यसबाहेक समसामयिक विषयका अखबारी लेखनमा पनि सञ्जीवको कलम चल्दै आएको पाइन्छ ।

जून ओर्लेको रात उनको दोस्रो साहित्यिक कृति हो । यसअघि वि.सं. २०७४ सालमा उनको पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ ।

नयाँ कृतिलाई बजारमा ल्याएको हो अम्बर पब्लिकेशन, नयाँ दिल्लीले । नेपालमा वितरण व्यवस्थापन भने माया पब्लिकेशनले गर्ने छ । १०५ पृष्ठमा समेटिएको कृतिको मूल्य २७५ रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width