वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०८०
pokhara chisakhola

पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल प्रथम हुँदै ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, निकेश गिरी द्वितीय, नवराज अधिकारी तृतीय र सुशीला पौडेल पहारी सान्त्वना भए । उनीहरुले क्रमश ८ हजार, ५ हजार र ३ हजार साथमा प्रमाणपत्र पाए ।
सो अवसरमा वेद विद्याश्रमको रजत स्मारिका विमोचन आगामी २८ वैशाखमा हुनेछ । साथै ९० वर्ष पुगेका ११ जेष्ठ नागरिकलाई १ हजार ५ सय, सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा कविता प्रतियोगिताका संयोजक प्राडा जगन्नाथ रेग्मीले वैदिक धर्मसंस्कार र छन्द बचाउन वेद विद्याश्रमको भूमिकाको प्रशंसा गरे । छन्द बचाऊँ अभियानका संयोजक माधव वियोगीले शास्त्रीय छन्द लोप हुने अवस्थामा आफूले चालेको अभियानका बारेमा प्रकाश पार्दै अब छन्द लोप नहुनेमा आफू विश्वस्त रहेको बताए ।

चर्चित कविता वाचक उपप्राध्यापक शिव त्रिपाठीले छन्द कविता वाचनले आफूलाई स्वर्गानुभूति हुने भन्दै यस्ता कार्यक्रमले शास्त्रीय छन्द बचाउन मद्दत पुग्ने बताए ।

वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रम औपचारिक स्थापनाको २५ औं वर्षसम्म तन, मन, धन, वचनद्वारा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।
कार्यक्रममा प्राडा बलराम उपाध्याय रेग्मी लगायतले आफ्नो मन्तव्य, अप्रतियोगी रुपमा विद्यार्थी पीताम्बर पौडेल, ओमप्रकाश पोख्रेल लगायतले कविता वाचन गरे । कार्य समिति अध्यक्ष मणिरत्न अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वेद विद्याश्रमका सचिव गंगासागर उपाध्यायले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width