क्रिकेटमा स्याङ्जाले नवलपुरलाई हरायो

आदर्श समाज संवाददाता
पौष ६, २०७७
cricket 4

पोखरा ।  पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत विष्णु पाण्डेको चौतर्फी प्रदर्शनमा स्याङ्जाले नवलपुरलाई २ विकेटले पराजित गरेको छ ।

अत्यन्तै रोचक खेलमा अन्तिम २ बल बाँकी छँदा स्याङ्जाले जीत निकालेको हो । टस जितेर ब्याटिङ गरेको नवलपुरले स्याङ्जा सामु जीतका लागि २ सय १४ को लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा स्याङ्जाका लागि विष्णु पाण्डेले सम्हालिएको पारी खेल्दै १ सय ९ बलमा ७५ रनको महत्वपूर्ण योगफल तयार पारेपछि जीतको आधार तयार भएको हो । पाण्डेले ८ चौका प्रहार गरेका थिए ।

४७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएको नवलपुरका लागि २ जना ब्याट्स्म्यानले अर्धशतकीय पारी खेलेपनि जीतका लागि त्यो पर्याप्त हुन सकेन । दीपक डुम्र्रेले ५२ तथा सन्देश बस्नेतले ५० रन बनाएका थिए । स्याङ्जाको बलिङमा मिलन लुइँटेलले ५ तथा विष्णु पाण्डेले २ विकेट लिए ।

२ सय १४ रनको लक्ष्य पाएको स्याङ्जाले ४९.४ ओभरमा ८ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । स्याङ्जाका लागि करण पंगेनीले ४१, ईश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन जोडेका थिए ।

नवलपुरका बलरहरु कैलाश पंगेनीले ३ र विज्ञान गौतमले २ विकेट लिए । खेलमा स्याङ्जाका विष्णु पाण्डे म्यान अफ द म्याच भए । उनलाई गण्डकी प्रदेश सांसद राजीव पहारीले ट्रफी प्रदान गरेका थिए । मंगलबार कास्की र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…
  • पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । पोखरा २९, पट्नेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरिएको छ…

hero news full width

Recent Posts

भर्खरै