पर्वत । मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् ।
पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।
कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिए ।
कार्यालयभित्र हुने काम भइरहेका बेला आवेगमा आएका उनले कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको कार्यालय प्रमुख लामिछानेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
जिबी राईको राहदानी रद्द भएन
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
पोखराको न्युरोडस्थित एभरेष्ट बैंकमा तोडफोड अपरिचित व्यक्तिले गुलेली हाने
बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ को मृत्यु, ४ पक्राउ
बेंसीसहरका ४ औषधी पसललाई जरिवाना
hero news full width
मुख्य समाचार
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१