कोरोनाबाट पोखरामा एकको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
covid 19 corona banner

पोखरा, २८ मंसिर । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शनिबार बेलुका पोखारा १७ की ७४ वर्षीया महिला संक्रमितको ज्यान गएको हो । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मंसिर २६ गते संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १ सय ८३ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width