लेखनाथ, २८ कात्तिक । स्वास्थ्य बीमा समितिमा हालैमात्रै कार्यकारी प्रमुखमा नियुक्त डा दामोदर बसौलालाई शुक्रबार पेसागत बीमा अभिकर्ता संघ शाखा कार्यालय एलआईसी पोखराले बधाई तथा स्वागत गरेको छ । उनी बीमा विषयमै पीएचडी हुन् । कार्यकारी प्रमुखमा नवनियुक्त बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य सुविधा सबै जनतामा पुग्ने गरी काम गर्ने र इतिहास रच्ने बताए ।
पेसागत बीमा अभिकर्ता संघ शाखा कार्यालय एलआईसी नेपाल पोखरा शाखा अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, एलआईसी पोखरा शाखा प्रमुख सुजित ठाकुरले आफनो कार्यकाललाई उदाहरणीय बनाउने गरी अवसर र चुनौतीका विषयमा लिन आग्रह गरेका थिए ।
सोही अवसरमा एलआईसी नेपाल पोखरा शाखाका पूर्व अध्यक्ष रुकबहादुर गुरुङ, पत्रकार भीमपाणि बराल, एजेन्ट नवराज दुरा, उमाकुमारी गुरुङ, उषाकुमारी गुरुङ र सल्लाहकार सुशील ढुंगाना लगायतले उनको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । संस्था सचिव देवी तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार गोविन्द खड्काले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१