डा. पोखरेलद्वारा गण्डकी विश्वविद्यालयकाे बोर्ड अफ ट्रस्टीकाे सदस्य पदबाट राजीनामा   

रासस
कार्तिक २८, २०७७
Gandaki University

काठमाडौँ, २८ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिइएको उनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको स्पष्ट पारेका छन्।

डा. जगदीशचन्द्र पोखरेल (फाइल फाेटाे)

डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width