धौलागिरि अस्पतालमा पिसीआर परीक्षण हुने

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७७
dhaulagiri-hospital

पोखरा, २२ कातिक । बागलुङस्थित धौलागिरी अस्पतालमा कोरोनाको नमुना जाँचका लागि पिसीआर परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ । सरकारको निर्णयको ४ महिनापछि मात्र सो कार्यान्वयनमा आउन लागेको हो ।

नेपाल सरकारले असार १२ मा पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन । दुई महिना अघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई १ करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप रु ४० लाख बजेट विनियोजन भएपछि अस्पतालले पिसीआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।

बजेट प्राप्त भएकाले अब पिसीआर मेसिन खरिदका लागि बायोकेमिकल इञ्जिनीयरबाट लागत इस्टिमेट तयार गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिए । शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न केही समय लागेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

उनका अनुसार मेसिन खरिद गरिएपनि दक्ष जनशक्तिको अभावमा प्रयोगशाला सञ्चालनमा कठिनाइ हुने बताइएको छ । धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरास्थित पिसीआर परीक्षण प्रयोगशालामा गएका कारण प्रयोगशाला सञ्चालन गर्न कठिनाइ हुने डा. पोखरेलको भनाइ छ । मेसिन खरिद र प्रयोगशालाको निर्माण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सरकारले व्यवस्थापन गर्नेमा अस्पताल आशावादी रहेको उनले बताए ।

अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा सङ्कलन गरिएको नमूना पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन तथा स्वागत कार्यक्रम भएको छ । विद्यालयमा हुने गतिविधि…
  • पोखरा १५ मा अपांगता भएका २११ जना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउने, शिक्षाको…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा…

hero news full width