तुलसीपुर, १ असोज ।सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका छन् । क्वारेन्टिन भएका विद्यालयमा निर्मलीकरण गरिएको भए पनि अभिभावक तथा विद्यार्थीहरु हिच्किकाउने गरेको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए ।
लामो समयको बन्दाबन्दी हुनु र जेठ १० गतेदेखि विद्यालयमा क्वारेन्टिन बनाएको हुँदा विद्यालयमा भर्ना हुने संख्यामा पनि कमी आएको उनको भनाइ छ । ‘यो समयमा १५÷१६ सय विद्यार्थी भर्ना हुनुपर्ने हो तर अहिले जम्मा छ÷सात सय मात्रै विद्यार्थी भर्ना भएका छन्’, उनले भने ।
विद्यालयमा निर्मलीकरण गरिएकाले कुनै पनि जोखिम नहुने भन्दै यस विषयमा विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरेको भए पनि विश्वासको वातावरण बन्न नसकेको जनता सँस्कृत मावि बिजौरीका प्रधानाध्यापक पद्मबहादुर रावतले बताए । ‘हामीले विद्यार्थीको घरघरमा गएर भर्ना गरिरहेका छौँ’, उनले भने, ’अभिभावकहरुले क्वारेन्टिन भएको विद्यालयमा भर्ना गर्न असहज मान्नुहुन्छ ।’
त्यस्तै गुरुजजुर मावि तुलसीपुरमा पनि क्वारेन्टिन बनाइएको थियो । त्यहाँ पनि भर्ना हुन समस्या भएको छ । सबैले क्वारेन्टिन राखेका विद्यालयमा कोरोना सर्ने त्रास हुन्छ भनी गाउँमा हल्ला गर्ने गरेको भए पनि आफूले भने निर्मलीकरण गरेकाले कुनै समस्या नहुने भनी सबैलाई बुझाउने गरेको मावि सेन्टरकी छात्रा सरिता भण्डारीले बताए । लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीको सिर्जनशीलतामा वृद्धि नभएको उनले गुनासो गरेको छन् ।
तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा भर्ना भए पनि टोल–टोलमा गएर सामाजिक दूरी कायम गरेर पढाउने नीति अघि बढाएको छ । सोहीअनुसार विद्यालयले गतिविधि अघि बढाएका छन् । जिल्लाका क्वारेन्टिन भएका अधिकांस विद्यालयलाई खाली गरी निर्मलीकरण गरिएको छ ।
अहिले क्वारेन्टिमा बस्नेको संख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले एकै स्थानमा राखिने र विद्यालयलाई भने खाली गरिएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताए । कुनै विद्यालयमा विद्यार्थी कम छन्, भने एउटा बेन्चमा एउटा विद्यार्थी राखेर पठन–पाठन गराउन सकिने र बढी विद्यार्थी भएकामा टोल–टोलमा गएर पढाउन सकिने उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१