पोखर । पोखरामा लामो समयदेखि होटलसम्बन्धी विभिन्न विषयको तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरू संगठित भएका छन् ।
नवगठित संघको अध्यक्षमा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञानबहादुर राना चयन भए ।
त्यसैगरी, उपाध्यक्षमा इन्टरनेशनल होटल तालिम केन्द्रका शेरसिंह गुरुङ, सचिवमा इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्सका प्रबन्ध निर्देशक सम्मरबहादुर थापामगर र कोषाध्यक्षमा एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका महेश श्रेष्ठ चयन भए ।
सदस्यमा लेखनाथ होटल तालिम केन्द्रका दीपेन्द्र अधिकारी, स्कुल अफ बार टेण्डर्सका राजेन्द्र गुरुङ र सुशी होटल तथा भाषा तालिम केन्द्रका दिनेश कुँवर तथा सल्लाहकारमा पश्चिमाञ्चल होटल संघ, पोखराका अध्यक्ष विकल तुलाचन, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजका विजय पौडेल र स्टाण्डर्ड होटल एण्ड ल्याङ्वेज तालिम इन्स्टिच्युटका अरुण मानन्धर चयन भएका छन् ।
अध्यक्ष रानाले सम्बद्ध संस्थाहरू मिली पाठ्यक्रम, सीप परीक्षण, इन्टर्नसीप लगायतमा सहजता तथा एकरुपता ल्याउन संस्था स्थापना गरिएको बताए ।
संस्थाले सदस्य संस्थाहरूमा लागू हुने गरी एक मूल्य सूची तयार गरिसकेको जनाएको छ । संस्थाले अब सिफारिस गरेको पाठ्यक्रम लागू गराउने छ, जसको लागि शेरसिंह गुरुङको संयोजकत्वमा अनुगमन विभाग उपसमिति गठित छ ।
‘होटल तालिम प्रदायक संघ नेपाल’ जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता समेत गरिएको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१