पहिरोमा पुरिएर एकजनाको मृत्यु

रासस
श्रावण ९, २०७७
Pahiro

प्रतिकात्मक तस्बिर

धादिङ, ९ साउन । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताए । यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width