तनहुँका १ हजार ५० घरहरुको खरको छानो विस्थापित गरिदै

आदर्श समाज सम्वाददाता
असार १६, २०७७

फाइल फाेटाे ।

तनहुँ, १६ असार । तनहुँ क्षेत्र नम्बर १ का स्थानीयवासीहरुले आफ्नो घरमा रहेको खरको छानो विस्थापित हुने भए पछि खुसी महशुस गरेका छन्।

लामो समयदेखि खरको छानो मुनि बसिरहदा दिक्क भएका ३ गाँउपालिका र २ नगरपालिकाका वासिन्दाहरु खरको छानो विस्थापित भै टिनको छानो बन्ने भएपछि हर्षित भएका छन्।खरको छाना विस्थापित गर्न प्रतिनिधि सभा सदस्य कृण्णकुमार श्रेष्ठ (किसान) को पहलमा शहरी विकास मन्त्रालयवाट जिल्ला भित्र क्षेत्र नम्बर १ का विभिन्न स्थानीय तहमा फुसको छानो(खरको) विस्थापित गरिने भएको हो।

कुल ५ करोड २५ लाखको बजेट विनियोजन भएसगै खरको छानो भएका घर धनीले ५० हजार पाउने ब्यबस्था मिलाईएको छ । यसरी बजेट विनियोजन भएका गाँउपालिका र नगरपालिकाहरुमा देवघाट गा.पा.–२१२ घरधुरी ,आवुखैरेनी गा.पा.–१९२ घरधुरी ,बन्दिपुर गा.पा.–१९१घरधुरी र भानु नगरपालिका –२३६घरधुरी छन् भन् तनहुँकै जेठो नगरपालिा ब्यास नगरपालिका –२१९ घरधुरी गरि जम्मा १०५० घरधुरी लाभान्वित भएका छन्। लाभान्वित हुनेहरुमा मगर,गुरुङ ,बोटे,दरै,तामाङ र दुरा जाति रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width