खैरेनीटार, १६ असार । शुक्लागण्डकी नगरपालिका ६, खैरेनीटार, तनहुँको आर्थिक वर्ष २०७७/०७८ को योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले पूर्वाधार, आर्थिक, सामाजिक विकास लगायतका जनतालाई आवश्यक पर्ने योजनाहरुलाई प्राथमिकता दिईने वताए । कार्यक्रममा नेपका शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिनाले वडाले गौरवको योजना वनाउन सुझाब दिए । उनले कृषिलाई यान्त्रिकरण गरिनुपर्ने पनि बताए ।
कार्यक्रममा खैरेनीटार साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामचन्द्र उपाध्यायले भूउपयोग नीतिको आधारमा कृषि क्षेत्र निर्धारणमा जोड दिए ।कार्यक्रममा नेपाली कांग्रेसका रेशमलाल पौडेलले बजेट व्यवस्थित तरिकाले बिनियोजनमा जोड दिए ।
कार्यक्रममा सर्बदा खनाल घिमिरे, श्रीराम सुवेदी, पुरुषोत्तम लामिछाने, श्रीराम अधिकारी, हरिराज घिमिरे, पदमराज बराल, जयबहादुर थापा, कमल मोहन घिमिरे, महेन्द्रराज घिमिरे, अमर थापा लगायतले वोलेका थिए ।शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को लागि यस आर्थिक वर्षमा नगरपालिकाले ८८ लाख बजेट बिनियोजन गरेको जनाईएको छ ।शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन स्वागत वडा सदस्य बुद्धि बहादुर थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१