पोखरा, ३० जेठ । पोखरा महानगरपालिका वडा नं १५ मा तीन युवाले सामूहिकरुपमा शुरु गरेको तरकारीखेतीबाट आम्दानी गर्न थालेका छन् ।
लामो समय विदेशमा बिताएका दुई र स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच भएको एक युवा मिलेर शुरु गरेको सो खेतीले उत्पादन दिन थालेपछि बिक्री गरेर आम्दानी हुन थालेको हो । उनीहरुले भाडामा लिएको १४ रोपनी जग्गामा लगभग रु ३० लाखको लगानीमा निर्माण गरिएका १४ वटा प्लाष्टिक टनेलभित्र गोलभेँडा, काँक्रो, सिमी, करेला, भान्टा, बोडी, धनियाँलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका थिए ।
पहिलो चरणमा काँक्रा, करेला, सिमी र धनियाँ बिक्रीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको र ६ वटा टनेलभित्र लगाएको गोलभेँडाले पनि उत्पादन दिन शुरु गरेको उहाँहरुले जानकारी दिए । “टनेलभित्र सिर्जना र अमिता जातका एक हजार २०० बिरुवा रोपकेका छौँ”, १० वर्ष दुवई बसेर आएका दीपेन्द्र बाँस्तोलाले भने । “अहिले गोलभेँडाले आम्दानी दिन शुरु गरेको छ दैनिक ५० किलो उत्पादन हुँदै आएको छ ।”
उनका अनुसार बारीमा उत्पादित तरकारी बिक्रीमा कुनै पनि समस्या रहेको छैन, तरकारी खरिद गर्न उपभोक्ता बारीमै आउने गरेका छन् । विदेशमा भन्दा स्वदेशको माटोमा पसिनाले भिजाउने हो भने आम्दानी गर्न सकिन्छ भने तरकारीखेतीतर्फ लागेका ध्रुव कोइरालाले भने । “यतिखेर हामीले तरकारीखेतीमा भविष्य खोज्न थालेका छौँ ।” उनले मलेसिया र दुवई १० वर्ष बिताएको बिताएका थिए ।
तरकारी बिक्रीबाट मासिक एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको र अहिले तीनैजनाको बिहानदेखि झमक्क साँझसम्म तरकारीबारीको तरकारी बिक्री वितरणसँगै रेखदेख गर्नुदैनिकी बनेको उनले बताए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ सामूहिक तरकारी खेतीतर्फ लागेका अर्का युवा डिल्लीराम अधिकारीका अनुसार ज्ञानसिपको अभावमा सोचे जस्तो आम्दानी गर्न कठिन भएको छ ।
तरकारीखेतमा चुनौती भएको महसुस भएको छ, रोगको पहिचान गर्न नसक्दा पहिलोपटकमै सिमी र काँक्रोबाट सोचे जस्तो फाइदा लिन सकिएन उनले भने । “उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नुप¥यो ।” टनेलभित्र लटरम्म फलेको गोलभेँडा उत्पादन भई बिक्री गर्न शुरु गरेको भए पनि रोग लाग्छ कि भन्ने चिन्ताले सताउने गरेको बताउँदै उनले राज्यबाट केही सहयोग पाउने हो भने तरकारीखेतीलाई निरन्तरतासँगै विस्तार गर्दै जाने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१