हरि बाँस्तोला-पोखरा, २७ जेठ । प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ ।
प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै सङ्कटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी गरेको छ । रामसार सूचीमा सूचीकृत रुपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा २०५८ सालमा स्थापित संस्थाले स्थापनाकालयता तालको संरक्षण र प्रवद्र्धनका साथै तालमा माछा पालेर मनग्य आम्दानी गर्दै आएको छ । जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीका कारण यस क्षेत्रलाई महत्वपूर्ण स्थालका रुपमा लिने गरिएको रुपातालमा प्राकृतिक आहारा प्रशस्त पाउने हुँदा माछापालन पनि राम्रैसँग फस्टाएको छ । सिमल काँडे, लेउ, करौते, नाभोलगायत विभिन्न झारको चपेटामा परेर तालको सम्पूर्ण भूभाग ढाकी सङ्कटमा पर्दै गएको ताललाई बचाउँदै त्यसबाट आम्दानी गर्दै आएको सहकारीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए ।
“पानीमा मौलाएको झार आहारा बनाउने उन्नत जातका माछाका भुरा प्रत्येक वर्ष तालमा छोड्दै आएका छौँ”, उनले भने, “हुर्केका माछाले झार खान थालेपछि अहिले तालको मुहार फेरिनाका साथै माछा बिक्रीबाट सहकारीले राम्रो आम्दानी गर्दै आएको छ ।” उनका अनुसार रुपातालको स्वादिष्ट माछा बिक्री हुँदैनकी भन्नै पर्दैन, ग्राहक तालको छेउमा रहेको सहकारीको कार्यालयमै खरिद गर्न आउने गरेका छन् । सहकारीले गत वर्ष कूल रु एक करोड ८७ लाख मूल्यबराबरको माछा उत्पादन गरेको थियो । चालू आवको हालसम्म रु एक करोड ४० लाखको माछा उत्पादन भएको छ ।
प्रत्येक दिन साँझ तालमा सातजना कर्मचारीमार्पmत तालको छुट्टाछुट्टै स्थानमा सातवटा महाजाल थाप्ने गरेको बताउँदै ढकालले बिहान सबेरै जाल झिक्दा १०० देखि ५०० केजीसम्म माछा पर्ने गरेको छ । सहकारीले तालको माछा छोपेर आम्दानी गर्नेमात्र नभई प्रत्येक वर्ष लाखौँ माछाका भुरासमेत छोड्ने गरेको छ । यस वर्ष ६० हजारभन्दा बढी विभिन्न जातका भुरा छोडिसकिएको अध्यक्ष ढकालले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिका वडा नं ३१ स्थित चौरमा सात रोपनी जग्गा खरिद गरी ह्याचरीसमेत सञ्चालन गरी भुरा उत्पादन तथा हुर्काउने गरेको छ । सहकारीले तालमा अहिलेसम्म ६० लाखभन्दा बढी भुरा छोडेको छ भने स्थानीय जातका माछाको संरक्षण गर्दै आएको छ ।
दुई दशकअघि ३६ जना शेयर सदस्यबाट रु पाँच हजार लिएर शुरु गरेको सहकारीमा आकर्षण बढेसँगै अहिले ८७२ जना शेयर सदस्य पुगेका छन् । रुपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दालाई संस्थाको शेयर सदस्य बनाउने प्रावधान सहकारीको छ । तालमा उत्पादित माछा रहु, नैनी, कमन, ग्रास भाकुर प्रतिकेजी रु ४५०, सिल्भर रु ३३०, तिलेपिया प्रतिकेजी रु ३०० र लोकल सहर प्रतिकेजी रु एक हजारमा बिक्री गर्ने गरेको सहकारीका उपाध्यक्ष जानुका अधिकारी बताए । उन्नत जातका तीन केजीभन्दा बढी तौलको माछाको दर भने केही बढी हुन्छ ।
संस्थाले जलाधार क्षेत्रअन्तर्गतका १४ वटा सामुदायिक वन समूहलाई रु पाँच/पाँच हजार, १७ वटा सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्न रु चार हजारका दरले आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्वसमेत पूरा गर्दै आएको उहाँको भनाइ छ । संस्थाले स्थानीय आमा समूह, युवा क्लबलगायत यस क्षेत्रमा हुने विभिन्न मेला महोत्सवमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको छ । सहकारी स्थापनासँगै शुरुमा तालको दक्षिणतर्फको ४२५ मिटर लम्बाइको सालको खम्बामा कालो नाइलनको जाली राखेर छेकबार निर्माण गरिएको छ । तालमा हुर्केका माछा जोगाउनका लागि छेकबार राखिएको हो । १०७ हेक्टर क्षेत्रफलमा पैmलिएको रुपा तालको गहिराई चारदेखि ६ मिटर रहेको छ । संस्थाले माछाको संरक्षण, तालको फोहर सरसफाइ र माछा छोप्नका लागि १६ वटा डुङ्गा खरिद गर्नाका साथै तालमा सयर गर्ने पर्यटकका लागि एउटा मोटरबोटसमेत सञ्चालन गर्दै आएको छ । सहकारीमा हाल १९ जनाले प्रत्यक्ष रोजगारको अवसर प्राप्त गरेका छन् ।
विश्वव्यापी पैmलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि गरिएको बन्दाबन्दीका कारण चैत ११ देखि जेठ १९ गतेसम्म माछा झिकिएन । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर गत जेठ २० गतेदेखि माछा झिकेर बिक्री गर्न शुरु गरेको संस्थाका प्रबन्धक नवराज खड्काले जानकारी दिए । आज बिहानमात्र ५८ हजार मूल्यबराबरको माछा महाजालमा परेको थियो । सहकारीले तीन समूहमार्फत २४सै घण्टा डुङ्गामार्फत माछाको सुरक्षाको व्यवस्था मिलाइएको छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१