हरि बाँस्तोला -पोखरा, २५ जेठ । कास्की जिल्लाको मादी गाउँपालिकामा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माणले गति लिएको छ । बन्दाबन्दी जारी रहँदा यहाँका सात वडामा नयाँ कार्यालय भवन निर्माणलाई तीव्रताका साथ अघि बढाइएको हो ।
जिल्ला समन्वय समिति (जिसस) कास्कीको ६० प्रतिशत एवं गाउँपालिकाको ४० प्रतिशतको साझेदारीमा कूल रु पाँच करोड १७ लाख ७२ हजार ५०९ लागतमा सातवटा वडा कार्यालय भवन निर्माण थालिएको गाउँपालिकाका बेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए । उनका अनुसार जिससकोे मौजुदा कोषको रु तीन करोड नौ लाख ६३ हजार ५०४ र गाउँपालिकाको रु दुई करोड ७० लाख नौ हजार र रु १० लाख बराबरको स्थानीय जनश्रम परिचालन गरी भौतिक संरचना निर्माण गर्न लागिएको हो ।
पहिलो तलामा पाँच कोठा पक्की र दोस्रो तलामा ट्रष्ट सभाहलसहितको दुईतले चिटिक्क परेका सुविधासम्पन्न भवनमध्ये कतिपय निर्माण सम्पन्न भएका छन् भने बाँकी अन्तिम चरणमा पुगेका छन् । नवनिर्मित सबै भवनको मोडल एउटै रहेको छ । साझेदारी कार्यक्रमअनुसार पालिकाको वडा नं ४ को रु ७० लाख १६ हजार ६१८ लागतमा निर्माण सम्पन्न भइसकेको छ भने रु ६७ लाख ३६ हजार ५९० लागतमा वडा नं ५ को भवन निर्माण भइरहेको छ ।
त्यसैगरी वडा नं ६ को रु ९३ लाख ८१ हजार ६४४, (७) को रु ७० लाख २६ हजार ८७६, (८) को रु ७२ लाख ३० हजार ३४२, (९) को रु ७२ लाख ३ हजार ६७२ र (१२) को रु ६९ लाख ७६ हजार ७०७ को लागतमा निर्माण भइरहेका छन् । यसैबीच मादी गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहबाट भइरहेका विकास निर्माणको जिससका प्राविधिकसहितको एक टोलीले शुक्रबार स्थलगत अनुगमन गरेको छ ।
जिससका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा, उपाध्यक्ष सावित्री भण्डारी, प्रमुख समन्वय अधिकारी नवराज बराल, प्राविधि एवं सञ्चारकर्मीसहितको टोलीले नवनिर्मित भवनसहित दुई सडक एवं चार पक्की पुलको अनुगमन गरी जानकारी लिएको हो । बन्दाबन्दीको अवधिमा समेत उच्च सतर्कता अपनाएर विकास निर्माणलाई तीव्रता दिइएको कारण सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न हुने विश्वास लिइएको अनुगमन टोलीका संयोजक क्षेत्रीले बताए ।
“बन्दाबन्दीको नाममा विकास निर्माणमा कमजोर गुणस्तर र ढिलासुस्ती हुनु हुँदैन, अप्ठ्यारो परेको अवस्थामा आवश्यक सहयोग र समन्वय गर्न तीनै तहका सरकार प्रतिबद्ध छन्”, उनले भने । बन्दाबन्दीको अवधिमा पनि मादी गाउँपालिकामा सञ्चालित विकास निर्माणका योजनाले निरन्तरता पाउँदा तोकिएको अवधिमा सम्पन्न हुने आधार बनेको उनले बताए ।
“वियपुरखोला र मादी नदीमा निर्माणधीन चार पक्की पुल एवं सङ्घीय सरकारको काउँखोला सिक्लेस सडक र प्रदेशको कसेरी भैसे याङजाकोट सडक निर्माणसँगै मादी गाउँपालिकाको मुहार फेरिने छ”, उहाँले थपे । तात्कालीन गाविसका पुराना र जीर्ण भवनमा सञ्चालन हुँदै आएका वडा कार्यालयका सुविधासम्पन्न भवन निर्माणसँगै वडाका बासिन्दालाई प्रविधियुक्त सेवा सुविधा पु¥याउन सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष श्याम ले जानकारी दिए ।
बजेट विनियोजन भएपछि समयमा कार्यविधि नबन्ने र झन्झटिलो खरिद ऐन तथा अप्ठ्यारो वन नीतिका कारण विकास निर्माणकार्यमा बाधक बन्ने गरेको उनले अनुगमन टोलीसमक्ष गुनासो गरेका थिए । गाउँपालिकाले भौतिक विकासँगै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उहाँले बन्दाबन्दीसँगै कृषकले बाँझो जग्गा जोत्न थालेपछि लामो समयको अन्तरालमा सबैभन्दा बढी गोरुको खरिद बिक्री भएको जानकारी गराए । सुविधासम्पन्न आधुनिक वडा कार्यालय भवनसँगै निर्माणाधीन पक्की पुल तथा पर्यटकीय गाउँ सिक्लेस र गाउँपालिकाको केन्द्र याङजाकोट जोड्ने कालोपत्र बाटो निर्माणले सिङ्गो गाउँवासी यतिखेर उत्साही भएका छन् ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१