पर्यटनलाई प्राथमिकता राख्नेछौँ- मन्त्री गुरुङ

रासस
जेठ ७, २०७७
kiran-gurung-1-630×610

पोखरा, ७ जेठ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।

टे्किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय कार्यालयले ‘आगामी बजेटमा पर्यटन विकासका लागि प्रस्तावित कार्यक्रम’ सम्बन्धी छलफलमा उनले भने “प्रदेशको विकास र समृद्धिका लागि आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिनेछ ।”

मन्त्री गुरुङले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा थोरै देखिए पनि अप्रत्यक्षरुपमा योसँग जोडिने पूर्वाधार विकासमा बजेट बढिरहेको बताउँदै कोरोना महामारीबाट सङ्कटमा रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विशेष जोड दिइनेछ भने । उनले भने “पर्यटन व्यवसायी समस्यामा हुनुहुन्छ, आर्थिक चलायमान नहुँदा निजी क्षेत्रलगायत सबैको अवस्था उस्तै छ, यसले राज्यको ढुकुटीमा समेत प्रत्यक्ष असर पारेको छ । अब आर्थिक लकडाउन हुन दिनुहुँदैन, यसबारेमा हामी सोच्नेछौँ ।”

टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पदयात्रा र पर्वतारोहणबाट नेपालको पर्यटन शुरु भएको स्मरण गर्दै यस क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकारले विशेष चासो दिनुपर्ने बताए । पर्यटन वर्ष घोषणा भएपछि धेरै लगानी पर्यटन क्षेत्रमा भएको तर सङ्कटको अवस्थामा त्यसको संरक्षणका बारेमा सम्बोधन हुन नसकेको उनको भनाइ थियो ।

टानका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको पर्यटनको प्रमुख आधार नै पदयात्रा र हिमाल आरोहण भएकाले यस क्षेत्रको विकासमा प्रदेश सरकारबाटै विशेष नीति तथा योजना आउनुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशमा आठ हजारभन्दा अग्ला तीनवटा हिमाल भएको जानकारी दिँदै सगरमाथा चढ्नुअघि मर्दी टेन पिक अनिर्वाय चढ्नुपर्ने बाध्यकारी नियम बनाउन सके यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल र सहसचिव उदय सुवेदी र कोषाध्यक्ष कृष्ण आचार्यले सन् २०२१ लाई पूर्वाधार विकासको वर्ष घोषणा गर्नुपर्नेमा जोड दिए । उनीहरुले पर्यटकको सुरक्षाका लागि आगामी योजनामा छुमरुङमा एउटा आकस्मिक रेस्क्यू टिम राख्न प्रदेश सरकारलाई सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

  • पर्यटनको राजधानी प्रवर्द्धनमा गुरुयोजना बन्दै

    कविराज खनाल असाेज १२, २०८१
    लेखनाथ । गण्डकी प्रदेशका ११ जिल्लाका २४ वटा उद्योग वाणिज्य संघका अध्यक्षसहितको प्रतिनिधि सम्मिलित ‘पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी प्रदेशस्तरीय गोष्ठी’…
  • रिन्जे नाँसामा घरबास प्रवर्द्धन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । ४५ औं विश्व पर्यटन दिवस अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ…
  • रिन्जे नाँसामा घरबास

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । भिटोफ नेपाल गण्डकी आयोजनामा ४५ औं विश्व पर्यटन दिवस पूर्व सन्ध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा…
  • आज मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पर्यटनको राजधानी पोखरामा शुक्रबार मिनी सडक महोत्सव हुँदैछ । रेष्टुरेन्ट एण्ड बार…
  • प्रदेशले आफ्नै नामको जहाज चलाउन प्रस्ताव

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले सातवटै प्रदेशलाई आफ्नै नाममा जहाज चलाउन प्रस्ताव गरेका छन् ।…

hero news full width