फेसबुकबाट अन्तर्वार्ता गरेको अभियोगमा पक्राउ शर्मा कागज गरी छुटे

राजेशचन्द्र राजभण्डारी
जेठ ६, २०७७
facebook-3021068_1280

सामाजिक सञ्जालको चरम दुरुपयोग गरी ब्यक्तिगत फेसबुक मार्फत लाइभ गर्दै आएका बागलुङका सोम शर्मालाई प्रहरीले पक्राउ गरी कागजात गराइ छोडेको छ ।

बागलुङ ३ का शर्माले केही समयदेखि आफ्नो ब्यक्तिगत फेसबुक प्रयोग गरी प्रहरी प्रशासन लगायतका ब्यक्तिसँग लाइभ अन्तर्वार्ता लिने कानूनविपरीत काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा छलफल गरी अब आइन्दा गलत क्रियाकलाप नगर्ने कागज गरी छोडेको प्रहरीले जनाएको छ ।

आफू पत्रकार भएको भन्दै जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपी शिव सिंहसँग लाइभ अन्तर्वार्ता गरेको कारबाहीको लागि प्रक्रिया अगाडि बढाउन भनेपछि शर्मा लिखित रूपमा कागज गर्न तयार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय एवं नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको रोहवरमा अबका दिनमा यस्तो खालको कमीकमजोरी नगर्ने प्रतिबद्धता शर्माले जनाएका छन् । साथै उनले आफ्नो फेसबुक वालमा राखेका पोस्ट हटाउने लिखित रूपमा कागज गरेका थिए ।

फेसबुक भनेको नितान्त ब्यक्तिगत प्रयोजनको लागि बनाइएको भएपनि केही समययता यसको चरम दुरुपयोग हँुदै आएपछि यसको दुरुपयोग गर्नेलाई ठाउँ–ठाउँमा कानूनी कारबाही हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width