संयुक्त राष्ट्रसंघ, २५ वैशाख । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरिब देशहरुका लागि दुई करोडदेखि छ करोड ७० लाखसम्म अमेरिकी डलरको खाँचो रहेको जनाएको छ ।
गरिब देशहरुलाई आर्थिक सङ्कट परेकाले तत्काल सहयोग गर्न पनि राष्ट्रसंघले सहयोगी देशहरुलाई बिहीबार आग्रह गरेको छ ।
राष्ट्रसंघको मानवीय सहायता प्रमुख मार्क लोकोकले कोरोना भइरसको महामारीका कारण गरिव देशहरुलाई तीनदेखि छ महिनासम्म निकै आर्थिक समस्या पर्ने बताउनुभयो ।
आम्दानीका श्रोतहरु घटेको, रोजगारी गुमेको, खाद्यान्नको अभाव भएको, बालबालिकाहरुले खोप र खाना लिन नपाएकोलगायतका कारणले सङ्कटको सङ्केत स्पष्टसँग देखिएको उहाँको भनाइ छ ।
राष्ट्रसंघले यसअघि गत मार्च २५ देखि नै ३७ सदस्य राष्ट्रलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै आएको छ ।
बिहीबार गरेको आग्रहमा थप नौ देशलाई पनि सहयोगको आवश्यकता रहेको उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् ।
थप सहयोगको आवश्यकता परेका देशहरुमा बेनिन, जिबुटी, मोजाम्बिक, पाकिस्तान, फिलिपिन्स, सिएरालिओन, टोगो र जिम्वाब्वे रहेका छन् ।
अति गरिव मुलुकहरु यसअघि नै अत्यावश्यकता परेका देशहरुको सूचीमा रहेका थिए । ती देशहरुमा आम्दानी, रेमिटेन्स र पर्यटन घटेको र द्वन्द्व, भोकमरी र गरिवी बढेको उहाँले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१