अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द

एजेन्सी
वैशाख २४, २०७७
Qatar_Airways_a330_at_BUD

काठमाण्डौ, २४ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्नका लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए। भट्टराईका अनुसार अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको छ । यस अघि सरकारले अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो। सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको छ ।

यस्तै सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। यसअघि थप गरिएको लकडाउनको अवधि भोलि वैशाख २५ गते सकिँदै थियो।पछिल्लो समय नेपालगन्ज लगायतका स्थानमा कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको अवधि थप गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग