कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय सङ्टकमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ ।
सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ । लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती भइरहेको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज दुई हजार ३३० वर्गकिलोमिटरमा फैलिएको छ । यो उच्च हिमाली क्षेत्रमा पर्दछ । निकुञ्जमा जडीबुटी, दुर्लभ वनस्पति र विभिन्न प्रकारका जीवजनावर पाइन्छन् । मानव बस्तीसमेत कम भएका कारण चोरी तस्करीहरु बढेको निकुञ्जले जनाएको छ ।
चोरी तस्करी गर्नेबाट निकुञ्ज क्षेत्रबाट जडीबुटी, दुर्लभ वनस्पति र काठ तस्करी गर्ने क्रम बढेपछि नेपाली सेनाको श्री रणभीम गुल्म र निकुञ्जका कर्मचारीले नियमित गस्ती गरिहेको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको उहाँले बताउनुभयो । हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि निगरानी बढाएको निकुञ्जले जनाइएको छ ।
प्रतिकूल परिस्थिति भए पनि निरन्तर कार्यक्षेत्रमा खटिइरहेको सूचना अधिकारी पाठकको भनाइ छ । निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको छ । तस्करी बढेपछि निकुञ्जले त्यस क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । गस्ती टोलीले मकालु गाउँपालिका–२ ठूलो डाडाँमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काएको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१