वासुदेव पाैडेल -पोखरा, ५ वैशाख । कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहँदा कास्कीको अन्नपूर्ण गाउँपालिकाले सामाजिक दूरी कायम गर्दै नर्सरी व्यवस्थापनको कामलाई निरन्तरता दिएको छ । पर्यावरण संरक्षणसँगै त्यसलाई आयआर्जनसँग जोड्ने लक्ष्य राखेको गाउँपालिकाले अघिल्लो वर्ष मात्रै गाउँपालिका क्षेत्रमा विभिन्न फलफूल सहितका एक लाख ६० हजार विरुवा वितरण गरेको थियो ।
कोरोना सङ्क्रमणको जोखिम हुन नदिन गरिएका तयारीसँगै नर्सरीमा हुर्कदै गरेका बोट विरुवाको व्यवस्थापन एवम् संरक्षण कार्यलाई पनि सामाजिक दूरी कायम गरी निरन्तरता दिइएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार यस वर्ष वितरणका लागि नर्सरीमा ३० हजार कागती, २० हजार तेजपत्ता, १० हजार अकबरे खुर्सानी र एक हजार लप्सीका विरुवा तयार गर्न लागिएको हो ।“हामी विरुवा वितरणसँगै त्यसको घरघरमा हेरचाह एवम् व्यवस्थापन के कसरी भएको छ त्यो बारे पनि अनुगमन गर्न लागेका छौं,” उनले भने “अघिल्लो वर्ष सबै बिरुवा निशुल्क वितरण गरिएको हो ।”
विरुवा नि ःशुल्क वितरण गर्दा कतिपय सर्वसाधारणमा त्यस प्रतिको माया त्यति नभएको हो कि भन्ने आभाष भएको बताउँदै अध्यक्ष कुँवरले यस वर्ष भने केही शुल्क लिएर वितरण गर्ने होकी भन्ने सोचका साथ कार्यपालिकामा छलफल गर्न लागिएको जानकारी दिए । फलफूल खेतीको सम्भाव्यता पहिचानका लागि गाउँपालिकाले यस अघि नै यहाँका ११ वटै वडामा माटो परीक्षण गरेको थियो । गाउँपालिका भित्रका विभिन्न ७१२ ठाउँको माटो परीक्षण गरी आवश्यकताका आधारमा १५५ बोरा कृषि चुन पनि वितरण गरिएको थियो । माटो परीक्षणसँगै कुन कुन ठाउँमा कुन खेती हुन्छ त्यसको पहिचान भएको अध्यक्ष कुँवरले जानकारी दिए । गाउँपालिकाले विरुवा वितरणका साथै पर्यावरण संरक्षणमा जोड दिदै प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणमा पनि जोड दिदै आएको छ ।
पदयात्रा पर्यटनमा विश्वका उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासका ऐतिहासिक कुवा, पोखरीसहितका प्राकृतिक जलाशयको संरक्षण र बोटबिरुवा रोप्ने क्रमलाई अघि बढाइएको हो । गाउँपालिकाले पदमार्ग क्षेत्रकै छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजारको प्रयोग नगर्ने र यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गर्ने नीति लिएको छ । पर्यावरण संरक्षणसँगै स्थानीयवासीलाई कृषिको आधुनिकीकरणका माध्यमबाट आयआर्जनमा जोड्ने प्रयास अघि बढाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख मनोज कडायतले बताए ।
पर्यावरण संरक्षणकै क्रममा गाउँपालिकाले यस अघि नै समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरिसकेको छ । पदयात्रा मार्गमा पर्ने हिमालको छायाँ देखिने रमणीय उक्त ताललाई स्थानीयवासीले प्राचीन कालदेखि नै लुकेको तालको उपमा दिएका छन् । त्यस्तै गाउँपालिकाले वडा नं ७ सल्यानको ताल चियाउने गह्रास्थित ऐतिहासिक पोखरी संरक्षण गरिसकेको छ भने वडा नं १ मा नौ डाँडा भ्युटावर निर्माणसँगै त्यहाँस्थित पोखरी पनि संरक्षण गरेको छ । टुसा उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको गाउँपालिका भित्रका जङ्गलमा पाँचऔँले, सतुवा, वन लसुनजस्ता महत्वपूर्ण जडीबुटी प्रशस्त पाईन्छ । त्यस्तै दुर्लभ डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तु यहाँका पर्यावरणीय आकर्षण हुन् ।
पर्यावरण संरक्षण र विकासलाई दृष्टिगत गरी गाउँपालिकाले अघि बढाएको ‘एक घर एक फलफूल, एक विद्यार्थी एक फलफूल’ कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको अध्यक्ष कुँवरले जानकारी दिए । नगदे बालिका बिरुवा वितरण गरी त्यसबाट स्थानीय स्वरोजगारीमा जोड दिने लक्ष्य राखेको गाउँपालिकामा पर्यावरणीय सन्तुलनमा योगदान दिने ८८ वटा चौतारा तथा ३८ वटा कुवा तथा पोखरी छन् । प्राकृतिक जलाशयका रुपमा रहेका एृेतिहासिक ढुङ्गधारा तथा पोखरीको संरक्षणलाई सँगसँगै अघि बढाइने गाउँपालिकाले जनाएको छ । यसै क्रममा अघिल्लो वर्ष वडा नं. २ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेको माझखोला र ९ उल्लेरीको उजेली लगायतका कुवा संरक्षण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१