पोखरा,४ वैशाख । पोखरा महानगरपालिका वडा नं ७ घारीपाटन अवस्थित अरुणोदय युवा क्लबको संयोजकत्वमा ५ वटा टोलका ११४ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
बुधवार विभिन्न ५ टोलमा गरिएको राहत बितरण कार्यक्रममा अरुणोदय युवा क्लबसंगै घारीपाटनस्थित विभिन्न सामाजिक संघ संस्थाहरू जागृति बाबु आमा समूह, एकता तमु समाज, घारीपाटन आमा समूह, सकृय दलित महिला समूह, फेरेन्स क्लब लगाएतको संयुक्त आयोजनामा ११४ विपन्न परिवारलाई राहत वितरण गरिएको अरुणोदय युवा क्लबका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।
राहत वितरण गर्नका लागि अरुणोदय युवा क्लबले रु ४० हजार, जागृति बाबु आमा समूहबाट ३० हजार, एकता तमु समाजको तर्फÞबाट ३० हजार, घारीपाटन आमा समूहले १० हजार, फेन्स् क्लबले १० हजार र सकृय दलित महिला समूहबाट ३ हजार गरी १ लाख २३ हजार संकलन भएको जागृति बाबु आमा समूहका अध्यक्ष दिलीप गुरुंगले बताए , राहत पाउनेहरूमा घारीपाटन टोल बिकास संस्थाबाट २६ जना, तिनकुने टोल बिकास संस्थाका ५५ जना, राधाकृष्ण टोल बिकास संस्थामा २३ जना, प्रगति टोल बिकास संस्थाका ४ र प्रगतिनगर टोल बिकास संस्था ६ जना गरी १ सय १४ जना रहेका घारीपाटन आमा समूहकी अध्यक्ष पवित्रा जिसीले जानकारी दिए । उनका अनुसार आधा बोरा चामल, रातोदाल १ केजी, तेल १ लिटर, नुन १ प्याकेट, साबुन १ पिस, सोयाविन १ प्याकेट प्रति परिवार दिइएको छ।
वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालले महानगरबाट पनि गत हप्ता राहत बितरण गरिएको थियो, तिनकुने टोल बिकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले घारीपाटन क्षेत्रमा प्रायः दैनिक ज्यालादारीमा काम गर्ने, विपन्न र असहाय परिवारको बस्ती बढ़ी रहेको वड़ाबाट सबैलाई समेटन सम्भव नभएको हुँदा स्थानीय संघसंस्थाबाट पैसा उठाएर राहत वितरण गरिएको बताए ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१