पोखरा, २३ चैत । मुक्तिनाथ विकास बैंकले विपन्नलाई राहत सामाग्री वितरण गरेको छ । देशव्यापी रुपमा लकडाउन हुँदा प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको हो ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित शाह, वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद शाह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१