लेखनाथ । पोखरा २६ मा बसोबास गर्दै आएका मगर समुदायले सामूहिकरुपमा माई पूजा गरेका छन् । परम्परादेखि चल्दै आएको आफ्नो संस्कृति रक्षा गर्ने उद्देश्यले लेखनाथको गुँदेताल किनारामा नवनिर्मित माई मन्दिरमा वैदिक विधिअनुसार पूजा गरिएको हो ।
समाजका सल्लाहकार तथा भवनका संरक्षक गणेशबहादुर आलेमगरले संस्कृति रक्षाको लागि जातीय एकताको भावनाले अघि बढ्नुपर्ने बताए ।नेपाल मगर संघ बूढीबजार इकाइ समित अध्यक्ष रामबहादुर रानामगर, सचिव प्रेम पल्लीमगर, वरिष्ठ सल्लाहकार यमबहादुर मगर लगायतले धार्मिक संस्कृतिको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए ।
मन्दिर निर्माण समिति अध्यक्ष क्याप्टेन पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रममा इकाइ उपाध्यक्ष भीमकुमारी सारु मगरले स्वागत र सदस्य सन्तु रानामगरले कार्यक्रम संचालन गरेकी थिइन् ।
करिब ५ लाख ६६ हजारको लागतमा सो मन्दिर निर्माण भएको हो । सो अवसरमा मन्दिर निर्माणमा सहयोगी १० जनालाई सम्मान समेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१