पोखरा, २० माघ । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ वण्डरफूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजना गरेको प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाइलो मेलाको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्साले गण्डकी प्रदेश सरकारले पर्यटनबाट समृद्धि हासिल गर्नको लागि अभियान नै चालएर अगाडि बढीरहेको बताए । पर्यटनमा गण्डकी प्रदेश अत्यन्तै रमणीय प्रकृति, संस्कृति र भुगोलमा साहसीक खेलका लागि विभिन्न सम्भावनाहरु बोकेको बताउर्दै मन्त्री लम्सालले पर्यटनका विभिन्न प्रकारहरु रहेको र ती सबैलाई देखेर नै देशको समृद्धिको लागी पर्यटनलाई नै मुख्य आधार मानेर अगाडि बढाएको बताए ।
समापन समारोहमा वन्डरफुल वालिङ प्रर्दशन गरेको तयार पारेको भिडियो वृत्त चित्र र अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको भिडियो हेरेपछि साइकलिङको राम्रो सुरुवात गरेको भन्दै आन्तरिक तथा बाह्य पर्यटन भित्राउन यसले ठुलो सहयोग गर्ने बताए । कार्यक्रममा प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांण, नेकपा जिल्ला अध्यक्ष पारस गैह्रै, कागे्रसका वालिङ नगरसचिव भुपराज बगाले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलल गायतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा शुभकामना दिएका थिए ।
‘पहिला देश अनि मात्र विदेश’ भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा वालिङ नगरपालिका तथा आसपासका क्षेत्रमा भएका पर्यटकीय संभावनाहरुको पहिचान, प्रवद्र्धन, सम्वद्र्धन र विकास गर्दै स्थानीय समुदायको नेतृत्वमा वालिङलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने प्रयास गरिएको वन्डरफुल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष दिनकर नेपालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१