गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बालसुधारको सबै समस्या गण्डकी प्रदेश सरकारले हल गर्ने आश्वासन दिएका छन्।
पोखरा चेम्बर अफ कमर्स कास्कीको प्रथम वार्षिकोत्सव र नेपाल चेम्बर अफ कमर्सको ७० ओै वर्ष प्रवेश अवसरमा बाल सुधारगृहको किचन मर्मत तथा किचन सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चुमानले सो आश्वासन दिएका हुन्।
उनले बालसुधारगृहको विद्यालयको कक्षा कोठा निर्माण, खानेपानी समस्याको समामधान गर्ने धारणा राखे। उनले बाल सुधारगृहको लागि १० लाखको बजेट विनियोजन गरेको बताए।
मन्त्री चुमानले पैह्रो असर कम गर्न संरक्षणको काम गर्ने बताए। खानेपानी योजना भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राथमिकतामा परेको जानकारी दिँदै उनले सामाजिक विकास मन्त्रालयको समन्वयमा सीपमुलक तालिम लगायतका कार्यक्रम चलाउने धारणा राखे। उनले तनहुँको आवुखैरेनी नजिकैको ढकालटारमा केन्द्रीय स्तरको बृहत्तर र व्यवस्थित बाल सुधारगृह बन्न लागेको जानकारी दिए।
गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले बालसुधारगृहका बालकको संरक्षण तथा व्यवस्थापन राज्यको पहिलो प्राथमिकता भएको बताइन्। उनले सुधारगृहका बालकलाई शैलुन, प्लम्बर र इलेक्ट्रिसियन लगायत सीपमूलक तालिम दिनु पर्ने धारणा राखिन्।
कार्यक्रममा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, युसेफ नेपालका महासचिव अजयसिंह कार्की, चेम्बर अफ कमर्स गण्डकी प्रदेश अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, चेम्बरका यातायात विभागका प्रमुख तथा निर्माण समिति संयोजक मनोज रसाइली लगायतले बोलेका थिए।
चेम्बरका पदाधिकारी, सदस्य तथा जनप्रतिनिधिबाट संकलित २ लाख ५० हजार रुपैयाँ लागतमा बालसुधारगृहको किचन मर्मत गरिएको हो।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारल पहिलो चरणमा किचन मर्मत गरेको जानकारी दिँदै दोश्रो चरणमा विद्यालय मर्मत सम्भारमा ध्यान दिने बताए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१