पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीको पोखरा–१७ ढुङ्गेसाँघुस्थित सीताघाटमा सोमवार अन्त्येष्टि भयो।
अन्त्येष्टि अघि स्व. पराजुलीको शव पोखरा वृद्धाश्रमको प्राङ्गणमा राखिएको थियो।
त्यसबखत वृद्धाश्रम परिवार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको ठूलो जनसमूहबाट उनको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। अध्यक्ष पराजुली ८२ वर्ष उमेरमा उपचारका क्रममा आइतवार गण्डकी मेडिकल कलेजमा निधन भएको हो।
पोखरा वृद्धाश्रमका संस्थापक सचिव वसन्त केशव पराजुलीले उक्त संस्थाको अध्यक्ष तथा संरक्षकसमेत रहेर वृद्धाश्रमको संस्थागत विकासमा ठूलो योगदान पुर्याएका थिए।
त्यसअघि उनले लामो समय शिक्षण पेशामा रहेर कालिकाको जनज्योति मावि, धिताल भेडावारीको बराह मावि, लेखनाथको ब्रह्मरुपा माविलगायतका विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाली शैक्षिक विकासलाई अघि बढाएका थिए। साथै, पोखरामा पुस्तकालयको स्थापना तथा व्यवस्थापनमा योगदान गरेका उनी नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न संघसंस्थामा आवद्ध थिए।
स्व. पराजुलीका दुई श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन्।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१