रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ। आइतबार चितवनको सौराहामा पत्रकार सम्मेलन गरेर निम्तो प्रदान गरियो। यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिइएको थियो। पोखरामा पर्यटन प्रर्बद्धन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गते देखी १६ गते सम्म सञ्चाल हुनेछ।
सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्गेजी नयाँ वर्षका अवसरमा महोत्सव गर्दै आइएको छ। सौराहामा आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका पुर्व अध्यक्ष सुर्य भुजेलले पोखरा सडक महोत्सवले पोखराको मात्रै नभएर आर्थिक रुपमा देश भर चलायमान बनाउदै गरेको बताए। उनले पोखरा सडक महोत्सवको अवसरमा बस, जहाजले थप सेवा विस्तार गरेर सेवा दिदै आएको बताए। उनले यसबाट देश भरी नै चलायमान भएका स्पष्ट देखीने गरेको बताए।
कार्यक्रममा रेवान पोखराका पुर्व अध्यक्ष गोपी बहादुर भट्टराईले सडक सञ्जाललाई अझ राम्रो बनाउनु पर्ने बताए। त्यसका लागि सरकारलाई दुबै तर्फका व्यवासायी लाग्नु पर्ने बताए। कार्यक्रममा रेवावन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले पोखरा र सौराहा सगँ सगैँ हातेमालो गरेर हिडिरहेको बताए। उनले दुबै ठाउँका व्यवसायी सगँसगै प्रबद्र्धनमा लाग्नु पर्ने बताए। सौराहाका व्यवसायी र पत्रकारले पोखराको फेवातालको बारेमा चिन्ता व्यक्त गरे। उनीहरुले फेवाताल संरक्षका लागि व्यसायीले लाग्नुपर्ने सुझाब दिएका थिए।
पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, पश्चिमाञ्चल होटल संघ पोखराका उपाध्यक्ष लक्ष्मण सुवेदी, नाटाका पुर्व अध्यक्ष ओमप्रकाश पाण्डे, ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल पश्चिमाञ्चनका अध्यक्ष हरि भुजेल, पत्रकार विनोद लामिछाने लगायतले स्तरीय बस सेवा सञ्चालन गर्नु पनेर्मा जोड दिए।
पोखराको फिस्टेल गेटदेखि डिहिको पाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ। खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुने कार्यक्रम रहेको छ। महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ। अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने छ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१