ट्रायथलनमा नेपाललाई स्वर्ण

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
sony-gurung

पोखरा, १६ मंसिर । १३ औं साग अन्तर्गत सोमवार पोखरामा भएको महिला तर्फको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । ३ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालकी सोनु गुरुङले स्वर्ण जितेकी हुन् ।

प्रतियोगितामा नेपाल सहित भारत र श्रीलंका सहभागी थियो । पुरुषतर्फ भारतले स्वर्ण जितेको छ । श्रीलंका दोश्रो र नेपाल तेश्रो भएको छ । फेवा किनार गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा सहभागीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।यस्तै साग अन्तर्गत सोमवार नै पोखरामा भएको पुरूष ट्रायथोलनमा नेपालले कास्य पदक हात पारेको छ । बसन्त थारूले  कास्य पदक  जितेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width