काँग्रेसको प्रचार पृथ्वीचोकमा

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
khemraj poudel (4)

पोखरा, ३ मंसिर । कास्की कांग्रेसको चुनाव प्रचार अभियानलाई ११ वटै वडामा तीव्र पारेको छ । सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पोखरा–३३ मा घरदैलो सकेर उम्मेदवार पौडलसहितको टोली पोखरा फर्किएको छ । उम्मेदवार पौडेलसहितका नेताहरू मंगलवार पोखरा–९ र पोखरा–१७ मा कोणसभामा केन्द्रित हुने बताएका छन् । कोणसभामा पार्टीका केन्द्रीय सदस्यहरूले संवोधन गर्ने कार्यक्रम रहेको जानकारी नेपाली काँग्रेस कास्कीले दिएको छ ।

नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुने बताइन्छ । सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले स्वयंसेवक परिचालन समिति गठन गरेको छ । कांग्रेस नेता सिकन्दरकुमार गुरुङ ‘भोजे’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा प्रेमलाल पुन रहेका छन् । यसैगरी सदस्यमा प्रमोद कोइराला, ढकबहादुर थापा, लक्ष्मण थापा, मनबहादुर विक, शितल अधिकारी, अब्दुलमजिद मिया, मीनबहादुर गुरुङ, सनबहादुर गुरुङ, दयाराज भण्डारी, माधव आचार्य र मिलन गुरुङ एनसी छन् ।

यसैगरी समितिले ३ सय ४१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति समेत गठन गरेको छ । समितिले स्वयंसेवक परिचालन गरी कास्की २ को उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने बताएको छ । सधैं नेपाली कांग्रेसको राजनीतिमा निष्ठावान नेता खेमराज पौडेललाई जिताउन स्वयंसेवक परिचालन समितिले उल्लेख्य भूमिका खेल्ने संयोजक सिकन्दरकुमार गुरुङ बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width